साउन ९, काठमाडौं ।
चितवनमा भरतपुर महानगरपालिकाको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका अटो रिक्सा चालकको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
केन्द्रीय बस टर्मिनल चोकमा भएको रिक्सा चलकहरुको आन्दोलनमा झडप उग्र भएपछि प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको छ । आन्दोलनकारीले एक मोटरसाइकलमा आगो लगाइदिएका थिए ।
चोकमा रहेको प्रहरी बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
आन्दोलनका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।
महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेपछि रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् ।
