साउन ६, काठमाडौं ।
नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् ।
२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो ।
सोलिडारिटी फर डा. केसी अलायन्सकाे आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको माग सम्बाेधन नभएपछि प्रबुद्ध समूह सक्रिय देखिन थालेकाे छ ।
