साउन ४, काठमाडौं ।
झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।
स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने र हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पुर्याइने गाउँपालिकाका सूचना अधिकृत थापाले बताए ।
‘अहिले हामी परीक्षणको चरणमा छौं’, सूचना अधिकृत थापा भन्छन्–“परीक्षण सफल भयो भने गाउँपालिकाका अन्य वडामासमेत यो सेवा विस्तार गर्ने लक्ष्य लिएका छौँ ।”
