दिपक समिरद्धारा निर्देशित पहिलो म्यूजिक भिडियो सार्वजनिक

४ श्रावण २०७५, शुक्रबार १३:५०

साउन ४, काठमाडौं ।

संचारकर्मी दिपक समीरद्धारा पहिलो निर्देशित म्यूजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

चर्चित गायक राजेशपायल राईको ‘वैगुनी रै छौ मायालु’ बोलको गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरेका हुन् ।

भरत बंजमको शब्द, बशन्त मुकरुंगको संगीत रहेको भिडियोमा श्रीदेव भट्टराई, पुरुषोतम सानु र वर्षा चौलागाईको अभिनय हेर्न सकिन्छ ।

श्रोताले अत्याधिक मन पराएको उक्त गीतलाई सुजन शाहीले संपादन गरेका छन् भने दीपक सोनले पर्दामा उतारेका छन् ।

लामो समयदेखि संचार जगतमा क्रियाशील समिर रेडियो, टेलिभिजनमा स्रोता र दर्शकले रुचाएका संचारकर्मी हुन् ।

पहिलो म्यूजिक भिडियो निर्देशनबाट उत्साहित देखिएका समिरले आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताए ।