काठमाडौ आइपुगे डाक्टर गोविन्द केसी

३ श्रावण २०७५, बिहीबार १६:३५

साउन ३, काठमाडौँ । कर्णाली प्रदेशको जुम्लामा अनसन बस्दैआएका डाक्टर गोविन्द केसीलाई संघीय राजधानी काठमाडौँ ल्याइएको छ ।

स्थानीय प्रशासनको बल प्रयोग हुदा थुप्रै बिद्यार्थी घाइते भएपछी केसी काठमाडौँ आउन तयार भएका थिए ।उनि अनसन बसेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको झडपमा १ जना प्रहरी पनि घाइते भएका थिए ।

उनलाई लिन नेपालीसेनाको जहाज जुम्लामा पुगेको थियो । डाक्टर केसीलाइ कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्ट्रेचरमा राखेर नेपाली सेनाको बयारेकमा रहेको हेलिप्याडमा ल्याइएको थियो । नेपाली सेनाका प्रबक्ता गोकुल भण्डारीले दिएको जानकारी अनुसार केसीलाइ लिएर फर्किएको जहाज सुर्खेतमा इन्धन भरेर काठमाडौँ आएको थियो ।