क्रिकेटर शक्ति गौचनले पत्रकार सम्मेलनमा सन्यास लिने

२ श्रावण २०७५, बुधबार ०८:२६

साउन २, काठमाडौं ।

क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण बलर गौचनले पत्रकार सम्मेलनमा सन्यास लिने जानकारी गराएका हुन् ।

नेदरल्याण्डसँग खेल्ने एकदिवसीय खेलपछि उनले सन्यास लिने छन् ।

युरोप टुरमा जानुअघि उनले यस्तो बताएका हुन् ।

नेपालले साउन १३ गते लर्डसमा एमसीसी र नेदरल्याण्डसँग टी २० सिरिज खेल्दैछ । सन् २००२ मा गौचनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।