साउन १, काठमाडौं ।
नेपाल विद्यार्थी संघले सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म सरकार विरुद्ध प्रदर्शन गर्न लागेको हो । सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।
नेविसंघले जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।
