‘आइटी’ शैक्षिक मेला साउन २ र ३ गते आयोजना हुने

१ श्रावण २०७५, मंगलवार ०७:०५

साउन १, काठमाडौं ।

आगामी साउन २ र ३ गते आइटी शैक्षिक मेला आयोजना हुने भएको छ ।

पाठशाला एजुकेशन फाउन्डेशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २ र ३ गते आइटी शैक्षिक मेला आयोजना गरिएको जानकारी दिएको हो ।

काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना हुने मेलामा ५६ वटा स्टल रहनेछ ।

आइटी तर्फ नेपालमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने विश्वास दिलाउन मेला आयोजना गरिएको फाउन्डेशनका निर्देशक सुवाष दंगालले जानकारी दिए ।

अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको पनि मेलामा सहभागिता रहने बताइएको छ ।