अम्बर गुरुङकी श्रीमती बिनको आइतबार निधन

३२ असार २०७५, सोमबार ०७:२२

असार ३२,काठमाडौं ।

वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको आइतबार निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको आइतबार बेलुका निधन भएको हो ।

बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी पशुपति आर्यघाटमा गुरुङको आजै अन्त्येष्टि गरिँदै छ । उनको २०११ सालमा अम्बर गुरुङसँग विवाह भएको थियो ।

संगीतकार अम्बर गुरुङको २०७३ साल जेठ २५ गते निधन भएको थियो ।