डाक्टर गोविन्द केसीले वार्ता गर्न जुम्ला बोलाए

२७ असार २०७५, बुधबार ०५:४६

असार २७, काठमाडौं ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आामरण अनशनमा रहेका डा गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् ।

 

आफूले उठाएको माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए ।

‘सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागु गरे पुग्छ,’ उनले भने, ‘जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन । जवसम्म माग पुरा हुँदैन, तवसम्म आमरण अनशन जारी रहन्छ,’

स्रोत : कान्तिपुर दैनिकमा