असार २६, काठमाडौं ।
सानै उमेरमा विश्व पप संगीतलाई तरंगीत बनाएका गायक हुन्, जस्टिन बीबर, जो गीत र स्टेज पर्फमेन्सको कारणले मात्र चर्चित भएनन् । खासगरी किशोरवयको पूवार्द्धमै उनको लभ अफेयर पनि विश्वकै मिडियाको लागि मसला बनिरह्यो । फुच्चे अवस्थाका उनी आफ्नै दावली गायिका तथा मोडल सेलेना गोमेजसँग लामो समय अफेयरमा रहे ।
उनीहरुको यो जोडीलाई विश्वकै लोभलाग्दो जोडीको रुपमा लिइयो । यसवीचमा उनीहरुले समुन्द्री तटमा डेटिङ जानेदेखि अनेक हर्कत गर्नसम्म भ्याए, जो मिडियाबाट लुक्न सकेन । अनुमान के गरिन्थ्यो भने, जस्टिन र सेलेनाले कुनै दिन औपचारिक रुपमै जोडी बाँध्नेछन् ।
एक पटक जस्टिनले इन्स्टाग्राममा लेखेका थिए कि, प्रशंसकले मसँग फोटो नखिचुन् । किनभने फोटोको लागि झुम्मिदा मलाई आफु चिडियाघरमा राखिएको जनवार जस्तै महसुष हुन्छ ।’
यति विध्न विश्वव्यापी क्रेज भएका जस्टिनको जीवनकथामा थोरै ट्वीस्ट आएको छ ।
नयाँ कथा
हालै मात्र उनले आफ्ना लागि नयाँ जीवनसंगी छनौट गरिसकेका छन् । कुरा अझ एक कदम अगाडि बढिसकेको छ । अर्थात उनीहरुबीच इंगेजमेन्ट समेत भइसकेको छ ।
अब पक्कै कौतुहलता लाग्छ, के उनले सेलेनासँग इंगेजमेन्ट गरे ? होइन । उनको दिलकी राजकुमारी रहिछन्, हेली बाल्डविन । उनी अमेरिकी मोडल हुन् । विश्वका प्रतिष्ठित संचार संस्थाहरुले यो कुरालाई पुष्टि गर्दै समाचार लेखेको छ ।
जस्टिनको परिवारजनले पनि यसको खुलासा गरेका छन् । जस्टिनका पिता जेरेमीले आफ्ना छोरोको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘आनेवाला समयका लागि उत्साहित छन् ।’ त्यस्तै उनकी आमा पेटिटले ट्वीट गर्दै ‘लभ लभ लभ’ लेखेकी छिन् ।
जस्टिन बीबर आफ्ना पूर्व गर्लफ्रेन्ड सेलेना गोमेजसँग ब्रेकअप भएपछि बाल्डविनसँग नजिकिएका थिए । हेली बाल्डविन विभिन्न म्यागजिनको कभरमा छाइसकेकी छिन् । यसका साथै उनी केही टेलिभिजन शो, म्युजिक भिडियो र विज्ञापनमा देखिएकी छिन् ।
अर्को रमाइलो कुरा, उनी अभिनेता तथा निर्माता स्टीफन बाल्डवीनकी छोरी हुन् । अभिनेता एलेक बाल्डविनकी भतिजी ह्न् ।
