नेपालमा भारी वर्षा हुँदा भारतका बिहार र उत्तर प्रदेश डुबानमा

२४ असार २०७५, आईतवार १०:२१

असार २४, काठमाडौं । एजेन्सी

नेपाल र उत्तरी बिहारमा लगातार पानी परिरहेका कारण नदीहरूमा बाढी आएको छ ।

नेपालबाट भारततर्फ जाने सानाठूला नदीका कारण मुजफ्फरपुर, पूर्णिया, सुपौल, अररिया र सीतामढीमा बाढी आएको छ । मानिसहरू बाढीका कारण पलायन भइरहेका छन् ।

 

वाग्मती र बूढीगण्डकी नदीको जलस्तर बढिरहेको छ । बेनीबादमा वाग्मती खतराको निशानलाई पार गरिसकेको छ ।

 

नेपालको तराई र बिहारका विभिन्न भागमा लगातार भारी वर्षा भइरहेको छ । बिहारको सोनबरसामा बाँध फुटेर मुँहचट्टी गाउँमा पसेको छ । पानीको तेज प्रवाहका कारण घरहरू भत्किन थालेका छन् ।