यौन सम्पर्क लुकाउन फुपूद्वारा भदैको हत्या

२१ असार २०७५, बिहीबार ०५:१९

असार २१, काठमाडौं ।

यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक युवतीले आफ्नै भदैको हत्या गरेकाे खुलेकाे छ । तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलार्इ एलिसाले बाख्राकाे खाेरमा अापत्तिजनक अवस्थामा भेटेकी थिइन् । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाकाे हत्या गरेकाे प्रहरीकाे भनाइ छ ।

काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले फुपू र मन्सुर मिलेर बालिकाकाे हत्या गरेकाे प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

मन्सुर हत्या गरिएकी बालिकाको घरमा केही समयदेखि बस्दै आएका थिए ।

प्रहरीले हत्यामा संलग्न दुवैलाई पक्रेर अनुसन्धान थालेको जनाएको छ ।