जनक्रान्तिका सहिद परिवार सम्मान कार्यक्रम सप्पन्न

२० असार २०७५, बुधबार १०:०३

असार २०, काठमाडौं ।

आज राजधानीको अनामनगरमा, जनक्रान्तिका सहिद परिवार समाज र त्यसका अध्यक्ष कर्णजित बुढाथोकीकाे आयोजनामा भएको सहिद परिवार सम्मान कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैध किरण प्रमुख अतिथि थिए भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले आफ्नो मन्तव्य राखेका कुरा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य आलोक रायमाझीले जानकारी दिए ।

उक्त कार्यक्रम मार्फत सहिद परिवार र पुर्ब जनमुक्ति सेना लाई मासिक भत्ता १०,००० हुनुपर्ने, पुर्ब जनमुक्ति सेना र सहिद परिवारका छोराछोरी लाई निशुल्क पढ्ने ब्यबस्था हुनुको साथै स्वास्थ्य उपचार काेष बनाउने कुरा सरकार समक्ष माग गरेका छन् ।

साथै सो कार्यक्रममा बोल्ने क्रममा मोहन बैधले नेपालमा क्रान्ति अबस्यमभाबी रहेको र सरकारको अहम र दम्भ अब नटिक्ने कुरा ठाेकुवा गर्नुको साथै बर्तमान सरकारले पन्चायत कालमा जस्तो सेन्सर सुरु गरेको जिकिर गरेको कुरा रायमाझीले जानकारी गराए ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तिलक थापा, सचीव राजन तिमिल्सिनाको पनि उपस्थिति थियो ।