असार १९, काठमाडौं ।
विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बुधवार बस्ने भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक आह्वान गरिएको कांग्रेसले जनाएको छ । त्यसक्रममा संसद बैठकमा कसरी प्रभावकारी रूपमा प्रस्तुत हुने भन्नेबारे छलफल हुने एक नेताले बताए ।
बजेट पारित भइसकेपछि कांग्रेसले संसदमा सशक्त रूपमा प्रस्तुत हुने जनाएको छ । सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन नभएकोप्रति पनि कांग्रेसले विरोध जनाउँदै आएको छ ।
बैठकमा संसदीय समिति गठनका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । संसदीय समितिको सभापतिमा कांग्रेसले एक चौथाइ दाबी गरेको छ ।

