असार १९, काठमाडौं ।
रुसमा जारी विश्वकप फुटबलमा अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै बेल्जियम क्वाटरफाइनलमा पुुगेको छ ।
यो सँगै एसियन देश जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको छ ।
एसियाको एक मात्र आश गरिएको टोली जापान बेल्जियमसँग ३–२ ले पराजित भएको हो ।
समूह जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो ।
