मापसे गर्नेलाई अझ कडा कारबाही, चालक र सवारीलाई नियन्त्रणमा लिइने

१८ असार २०७५, सोमबार ०७:१३

असार १८, काठमाडौं ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन -मापसे) गरेर सवारी चलाउनेहरुविरुद्धको कारबाहीलाई अझ कडा बनाएको छ । अब सवारी दर्ता किताबमा २४ घन्टे पुर्जीे जारी हुनेछैन भने लाइसन्स नभए थुनामा बस्नुपर्छ ।

महानगरीय ट्राफिक प्रहरीले १५ असारदेखि लागू हुने गरी मापसे गरी सवारी चलाएको फेला परेमा सवारी दर्ता किताबमा २४ घन्टे पुर्जीे जारी नगर्ने निर्णय गरेको हो । अब सवारी चालक अनुमति पत्रमा मात्र पुर्जी जारी हुनेछ ।

 

मापसे गरेर सवारी चलाउनेसँग लाइसेन्स नभए चालक र सवारीलाई नियन्त्रणमा लिइनेछ ।

 

स्वास्थ्य परीक्षण गरी भोलिपल्ट हाजिर गराउने शर्तमा लिखित कागज गरेर अभिभावकको जिम्मा लगाइनेछ । र, भोलिपल्ट उपस्थित गराएपछि कारबाही प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जनाएको छ ।