सौराहामा बाढीको डरले रेष्टुरेन्टहरु सुरक्षित स्थानमा सार्न थालिए

१८ असार २०७५, सोमबार ०८:००

असार १८, काठमाडौं ।

चितवनको पर्यटकीय केन्द्र सौराहाको राप्ती किनार नजिकका रेष्टुरेन्टहरु सम्भावित बाढीको डरले सुरक्षित स्थानमा सार्न थालिएको छ । राप्ती नदीको तटिय क्षेत्रमा नदीको बहाव बढ्दै गएको छ ।

 

 

पर्यटकहरु रमाउने पव क्षेत्रमा पानीको सतह आइसकेको छ । हेटौंडा र पूर्वी चितवनका विभिन्न खोलाहरुमा पानीको सतह बढेका कारण बाढीको खतरा सौराहामा बढी हुने गरेको छ ।

क्षेत्रीय होटल संघ सौराहा नेपालमा अध्यक्ष सुमन घिमिरले नदी किनाराका रेष्टुरेन्टका समान सारिएको बताए । ‘पानीको सतह समान्य बढेको छ ।

हामी सचेत अवस्थामा छौं’ घिमिरेले भने । अहिलेसम्म सौराहामा त्यस्तो कुनै बाढिको खतरा नरहेको र सौराहा सुरक्षित नै रहेको अध्यक्ष घिमिरेले बताए ।

अघिल्लो बर्ष आएको बाढीका कारण खण्डहर भएको पव क्षेत्रमा व्यवसायीहरुले केही महिना अघि मात्रै पुरानै अवस्थामा फर्काएका थिए । गएको बर्ष साउनको अन्तिममा आएको बाढीले सौराहामा करोडौंको क्षति गरेको थियो ।