सरकारविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसले गर्यो विरोध प्रदर्शन

१५ श्रावण २०७५, मंगलवार १६:५७

साउन १५, काठमाडौं ।

बढ्दो महङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

लोकतन्त्रिक पद्धतिको रक्षाका लागि भनेर कांग्रेस देशव्यापीरूपमा सडकमा उत्रिएको हो ।

काठमाडौंमा पनि कांग्रेसले रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ ।

शान्ति बाटिकाबाट दिउँसो साढे २ बजे शुरु भएको प्रदर्शन असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै पुन: शान्तिबाटिकामा आएर कोणसभामा परिणत हुनेछ ।

देशैभर कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।