ब्राजिलका प्रशिक्षक टिटे सन् २०२२ को विश्वकपसम्म टीममै रहने

१० श्रावण २०७५, बिहीबार १८:४५

साउन १०, काठमाडौं । एजेन्सी

रुस विश्वकपको क्वार्टरफाइनलबाटै ब्राजिल बाहिरिएको भएपनि प्रशिक्षक टिटे सन् २०२२ को विश्वकपसम्म टीममै रहने भएका छन् ।

ब्राजिलको फूटबल एसोसिएसनले आफ्नो वेबसाइटमा यो जानकारी दिएको हो ।

 

टिटेले सम्झौता बढाइएकोमा खुशी व्यक्त गर्दै आफ्नो लागि यो नयाँ चुनौती भएको बताए ।

सन् २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले हारेको ब्राजिलको मनोविज्ञानलाई सकारात्मक बनाएर टिटेले नै यसपालि पनि क्वार्टरफाइनलसम्म पु–याएका हुन् ।