बेलायती फूटबलर भर्डीकी पत्नीले विश्वकपमा उडाइन् दुई करोड रुपैयाँ

१९ असार २०७५, मंगलवार ०९:१५

असार १९, काठमाडौं । एजेन्सी

इंग्लिश टीमका फूटबलर जेमी भर्डीले विश्वकपको समूह चरणमा आफ्नो श्रीमानको खेल हेर्नका लागि लगभग दुई करोड रुपैयाँ उडाएकी छन् ।

रेबेका आफ्ना चार बच्चाहरूका साथ एक निजी जेट चढेर रुसको सेन्ट पिटर्सबर्ग पुगिन् । अनि उनी बालबच्चा लिएरै इंग्ल्यान्डको हरेक म्याच हेर्न पुगिन् ।

निजी जेटबाहेक रेबेकाले निजी सुरक्षा सेवा पनि लिइन् । यसका लागि नै यत्तिका रकम खर्च भएको हो ।

यस क्रममा उनले रुसी ट्रोलरहरूलाई पनि आक्रमण गरिन् । ट्रोलरहरूले इंग्ल्यान्ड टीमका फूटबलरका पत्नी र प्रेमिकाहरू कुरूप भएको टिप्पणी गरेका थिए ।

आतंकवादी संगठन आईएसले धम्की दिएका कारण इंग्ल्यान्ड फूटबल फेडरेसनले आफ्ना टीमका खेलाडीका पत्नी र प्रेमिकाहरूलाई अतिरिक्त सुरक्षा दिने फैसला गरेको थियो ।

त्यसबाहेक पनि केही खेलाडीले आफैं निजी सुरक्षाका खर्च गरेका छन् । खेलाडीका परिवार आधिकारिक दलका हिस्सा त हुन् तर उनीहरूलाई खेलाडी बसेको होटेलभन्दा ३० माइल पर राखिएको छ र म्याच सकिएपछि मात्र खेलाडीहरूलाई पत्नी र प्रेमिकासँग भेट्न दिइन्छ ।