असार २२, काठमाडौं ।
लिभरपुल फवार्ड मोहम्मद सलाहले क्लबसँग नयाँ ५ वर्षे सम्झौता गरेका छन् । अब उनी सन् २०२३ सम्म लिभरपुलमै रहनेछन् ।
इजिप्टका २६ वर्षीय सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए । पि्रमियर लिगमा मात्र ३२ गोल गरेका उनले गोल्डेन बुट जितेका थिए ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले भनेका छन्, ‘यसले दुई कुरा प्रष्ट हुन्छ, उनी लिभरपुलमा विश्वास गछन् र हाम्रो विश्वास उनीमाथि छ ।’
लिभरपुल गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहृयो भने च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भयो ।
चोटका कारण उनले मडि्रडविरुद्ध करिब आधा घन्टा मात्र खेल्न पाएका थिए ।