पूर्वजर्नेल सिंहको निधन

६ श्रावण २०७५, आईतवार ११:०८

साउन ६, काठमाडौं ।

विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

वयोधा अस्पतालले सिंहको आइतबार बिहान ३ः१५ बजे निधन भएको पुष्टि गरेको छ ।

८२ बर्षीय सिंहको हृदयाघातका कारण निधन भएको वयोधा अस्पताल स्रोतले जानकारी दिएको छ ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् । उनले आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका थिए ।