डा. केसीको समर्थनमा धनगढीमा विरोध प्रदर्शन

६ श्रावण २०७५, आईतवार १४:३९

साउन ६, काठमाडौं ।

अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल तरुण दलले आइतबार धनगढीमा विरोध प्रदर्शन गरेको छ ।

केसीको माग पूरा गर्नु भन्दै तरुण दलले वर्तमान सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।

यसैबीच तरुण दल कैलालीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमद्वारा हस्तक्षरित ज्ञापनपत्रमा आन्दोलनको क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले लाठी चार्ज गरी घाइते बनाउनुका साथै शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको जनाइएको छ ।

माग सम्बोधन नगरिए कडा आन्दोलनको चेतावनी समेत दिइएको छ ।