गाउँपालिकाका अध्यक्ष प्रहरी थानामा

१ श्रावण २०७५, मंगलवार ०७:१०

साउन १, काठमाडौं ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद (भाष्कर) ठगी आरोपमा काठमाडौंबाट प्रहरीको फन्दामा परेका छन् ।

युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ ।

तीन वर्षअघि साउदले ४ जना युवाबाट ४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।

साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत थिए ।काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई सामान्य सोधपुछ गरेर छाडेको स्रोतले बतायो ।