अवैध सुनसहित १ युवक पक्राउ

२२ असार २०७५, शुक्रबार ०८:५२

असार २२, काठमाडौं ।

प्रहरीले अवैध सुनसहित १ युवकलाई काठमाडौंबाट पक्रेको छ ।

गोरखा भीरकोट नगरपालिका–९ का कृष्ण भट्टराईलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले असार १९ गते एयरपोर्ट अगाडिबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, काठमाडौंका अनुसार भट्टराईको साथबाट २ थान सुनको बाला बरामद भएको छ । बरामद बालाकाे ताैल कूल ११५ ग्राम छ ।

पक्राउ परेका भट्टराईलाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा पठाएको छ ।