दुम्सी खेद्ने क्रममा दुलामा छिरेका ४ जना बेहोस, १ जना बेपता

१४ असार २०७५, बिहीबार १०:४२

असार १४, काठमाडौं ।

संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भीरमा दुम्सी खेद्ने क्रममा आज बिहान भीरको दुलामा छिरेका ५ जनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।

 

सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

 

हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।