डा. डि आर उपाध्यायको गीत एल्बम ‘प्रणय’का साथै ‘अतिरिक्त’ उपन्यास सार्वजनिक

१० असार २०७५, आईतवार १०:५२

असार १०, काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गीत एल्बम ‘प्रणय’का साथै ‘अतिरिक्त’ उपन्यासको एक कार्यक्रमकाबीच विमोचन गरेका छन् ।

राजधानीमा शुक्रबार आयोजित विमोचन कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले कला संस्कृतिको जगेर्ना गरेमात्र राष्ट्र बन्ने कुरा उल्लेख गदैँ संगीतको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री बाँस्कोटाले गीत संगीत भनेको मुलुक र जनतालाई सन्देश दिने खालको हुनुपर्नेमा जोड दिए ।

गीत गजल एल्बम ‘प्रणय’मा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’को एकल संगीत तथा डा. डीआर उपाध्यायको एकल रचना रहेको छ । गीतकार, उपन्यासकार तथा लेखक डा. डीआर उपाध्यायको ‘अतिरिक्त’ नामक उपन्यास साताँै उपन्यास हो ।

कार्यक्रममा गायक अधिकारीले गीत गजल एल्बम ‘प्रणय’ आफूले निकै मेहनत गरेर ल्याएको बताउदैँ आफूले संगीत पारखीका लागि नयाँ खुराक पस्किएको बताए । हालसम्म आधुनिक गीत गजल, भजन तथा राष्ट्रिय भावका ३० भन्दा बढि गीतमा स्वर दिएका अधिकारीले ७० भन्दा बढिमा संगीत दिएका छन ।