असार १०, काठमाडौं । बीबीसी
नाजी नेता अडोल्फ हिटलरको ५०औं जन्मदिन मनाउन बनाइएका भाँडाकुँडा बेच्नका लागि लिलामीमा राखिएका छन् ।
बेलायतको डोर्सेटमा एउटा घर सफा गर्दा चाँदीका भाँडाकुँडा भेटिएका थिए । एकजना वरिष्ठ सैन्य अधिकारीको घरमा ती भाँडाकुँडा भेटिएका थिए ।
दुई चक्कु, तीन चम्चा र तीन काँटा हिटलरले औपचारिक समारोहमा प्रयोग गर्नका लागि बनाइएको थियो । यसबाट २३ सय पाउन्ड कमाइने विश्वास लिइएको छ ।
बेलायतमा नाजी सामानहरू बेच्न अवैध छैन तर यस्ता सामानहरू बेच्न ठीक हो कि हैन भन्ने प्रश्न चाहिँ उठेको छ ।
सांसदहरूले यस्ता किसिमका सामानको ब्रिकीमा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए अनि फेसबूकलाई पनि नाजीका ऐतिहासिक वस्तु बेच्नबाट ब्लक गर्नुपर्ने पनि भनेका छन् ।
