जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि कारागार चलान

७ असार २०७५, बिहीबार ०५:१२

असार ७, काठमाडौं ।

आफ्नै छोरीलाई यौन शोषण गर्ने बाबुलाई जिल्ला अदालत प्यूठानले कारागार चलान गरेको छ ।

प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जबरजस्ती करणी गर्ने बाबुलाई अदालतको आदेशपछि कारागार चलान गरिएको बताए ।

लामो समयदेखि जबरजस्ती करणी गरेको भन्दै गत जेठ २० गते आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गराएको थियो ।

अदालतले कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन् ।