साउदी अरबले बीचमै नष्ट गर्यो यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र

५ असार २०७५, मंगलवार ०७:३२

असार ५, काठमाडौं । एजेन्सी

साउदी अरबको वायुरक्षा प्रणालीले संकटग्रस्त यमनबाट प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै नष्ट गरिदिएको छ ।

आधिकारिक साउदी प्रेस एजेन्सीले एक बयानमा क्षेप्यास्त्र दक्षिणी जिजान शहरलाई तारो बनाएर प्रहार गरिएको बतायो । त्यसमा एक पाकिस्तानी नागरिक घाइते भएका छन् ।

 

इरानसमर्थित हूती विद्रोहीहरूले समाचार केन्द्र अल मसीरामार्फत दाबी गरेअअनुसार, जिजानस्थित एक सैन्य शिविरलाई निशाना बनाइएको थियो ।

 

साउदीको सरकारी मिडियाले आइतवार साउदीको हवाई रक्षा सेवाले जिजानलाई निशाना बनाइएर प्रहार गरिएको अर्को क्षेप्यास्त्रलाई नष्ट गरिएको बताएको छ ।