राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष, विजयी देवकोटाको ६ वर्ष

४ असार २०७५, सोमबार ०७:०२

असार ४, काठमाडौं ।

राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो ।

प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् । चर्चित गायीका तथा सामाचार बाचिका ओली रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वाचित अनिता देवकोटा भने भाग्यमानीमा दरिएकी छन् । कांग्रेसबाट विजयी देवकोटाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी दाङकी हुन् ।

पार्वती रावलको कार्यकाल ६ वर्ष

प्रदेश ३ बाट निर्वाचित नेकपाकी पार्वती रावल पनि भाग्यमानी मध्येकी एक हुन् । उनको कार्यकाल ६ वर्ष तय भएको छ । नेकपाकै उदया शर्मा पौडेल ४ वर्ष राष्ट्रियसभा सदस्यको रुपमा रहनेछिन् ।

कांग्रेसकी धनकुमारी खतिवडाको २ वर्ष, प्रदेश ४ कि बिन्दादेवी आलेको ६ वर्ष, दीपा गुरुङको २ र शान्ति अधिकारी जिसीको ४ वर्ष टुंगो लागेको छ ।