असार ३, काठमाडौं ।
रुसमा जारी विश्वकप फुटबलमा आइतबार तीन खेल हुँदैछ । आज समूह ‘ई’ का दुई र समूह ‘एफ’को एक खेल हुन लागेको हो ।
आजको पहिलो खेलमा समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ ५ः४५ मा शुरु हुनेछ ।
समूह ‘ई’ कै अर्को खेलमा राति ११ः४५ बजे ब्राजिल र स्विजरल्याण्डे प्रतिस्पर्धा गर्दै छन् । खेल रोस्तोभ एरिनामा हुने छ ।
यसैगरी अर्को खेलमा साबिकको बिजेता जर्मनी र मेक्सिको भिड्दै छन् । समूह ‘एफ’का यी दुई टोलीको खेल नेपाली समय अनुसार राति ८ः४५ मा शुरु हुनेछ । खेल लुजिनिकी रंगशालामा हुन लागेको हो ।