मन्त्री नै अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार २०७५, आईतवार ०८:२६

असार ३, काठमाडौं ।

मन्त्रालयगत बजेट विनियोजनमाथि छलफल भइरहँदा सम्बन्धी मन्त्री नै अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आइतबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो ।

 

बैठकमा सांसदहरुको उपस्थिति न्यून थियो नै तर, छलफल भएका चारवटै मन्त्रालयका मन्त्री उपस्थित नभएका कारण बैठक स्थगित भएको छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले नियमापत्ति गरेका थिए ।

 

संसद नियमावलीमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य भएको भनिएको तर, बैठकमा चार जनामध्ये कोही पनि उपस्थित नभएको भन्दै उनले नियमापत्ति गरे ।

 

लगतै संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।