असार २, काठमाडौं ।
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले १ करोड ६४ लाख अमेरिकी डलर जरिवाना तिर्न तयार भएका छन् । उनले आफूमाथि लागेको करछलीको आरोप स्वीकार गर्दै सो जरिवाना तिर्न तयार भएका हुन् ।
जरिवाना तिरेर जेल सजाय निलम्बित गर्न उनले चाहेको स्पेनिस पत्रिकाले खबर प्रकाशित गरेका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले विश्वकप फुटबल अन्तर्गत स्पेनसँगको पहिलो खेलमा शुक्रबार राति ह्याट्रिक गर्नुअघि यस्तो खबर आएको हो ।
३३ वर्षका रोनाल्डो माथि गएको वर्ष १ करोड ४८ लाख युरो बराबरको करछली गरेको आरोप लागेको थियो ।
