कार्यालय परिसरबाट घुस लिँदालिँदै पक्राउ

२ असार २०७५, शनिबार ०१:३७

असार २, काठमाडौं ।

काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत सवारी चालक घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट लिएको ६ हजार रुपैयाँ घुससहित सवारी चालक दामोदर रेग्मी पक्राउ परेका हुन् । पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दा रेग्मी कार्यालय परिसरबाट घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

 

साथै, वैदेशिक रोजगार विभागको बुद्धनगरस्थित कार्यालयका शाखा अधिकृत रामप्रसाद ढुङ्गाना ५० हजार घुससहित पक्राउ परेका थिए ।