असार १, काठमाडौं ।
संघीय संसदको संयुक्त बैठक आइतवार बस्ने भएको छ ।
मन्त्रिपरिषदको विहिवार राति अबेर सम्पन्न बैठकले संयुक्त बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्ने प्रयोजनका लागि असार ३ गते अपराह्न ४ बजे बैठक आह्वान गरिएको बास्कोटाले बताए ।
