उत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

३१ जेष्ठ २०७५, बिहीबार ११:०५

जेठ ३१, काठमाडौं । एजेन्सी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ–उनसँग सिंगापुरमा ऐतिहासिक शिखरवार्ता गरेपछि बुधवार वाशिङटन आइपुगेका छन् । एन्ड्रु एयरबेसमा झर्नेबित्तिकै ट्रम्पले शिखरवार्ता सफल भएको भन्दै दुईवटा ट्वीट लेखे ।

दोस्रो ट्वीटमा उनले पूर्वराष्ट्रपति बाराक ओबामामाथि आक्रमण गर्दै जुन उत्तर कोरियालाई सबभन्दा ठूलो र खतरनाक समस्या मानिन्थ्यो अब त्यो नरहेको र सबैजना ढुक्कले सुते हुन्छ लेखे ।

पहिलो ट्वीटमा उनले उत्तर कोरियाबाट अब आणविक आक्रमणको कुनै खतरा नरहेको लेखे ।

Before taking office people were assuming that we were going to War with North Korea. President Obama said that North Korea was our biggest and most dangerous problem. No longer – sleep well tonight!

— Donald J. Trump (@realDonaldTrump) June 13, 2018

Just landed – a long trip, but everybody can now feel much safer than the day I took office. There is no longer a Nuclear Threat from North Korea. Meeting with Kim Jong Un was an interesting and very positive experience. North Korea has great potential for the future!

— Donald J. Trump (@realDonaldTrump) June 13, 2018

सिंगापुर शिखरवार्तामा भएका सम्झौताको प्रशंसा गर्दै ट्रम्पले दक्षिण कोरियासँग युद्धाभ्यासमा भाग नलिने फैसला लिएर ठीक गरेको बताए । विश्वासका साथ सम्झौता गरुन्जेल यही ठीक हुने उनको भनाइ छ ।

तर ट्रम्प जति नै उत्साहित भएपनि उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका सम्बन्धमा प्रस्ट कुरा नगरेकाले ढुक्कन हुन सकिने स्थिति छैन ।