भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

३१ जेष्ठ २०७५, बिहीबार ०७:२१

जेठ ३१, काठमाडौं ।

भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ छन् ।

बिहीबार बिहान साढे ३ बजेतिर ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ५५ प २५२७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायालाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा घाइते श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार भक्तपुरमै बस्ने बाग्लुङका २१ वर्षीय सुन्दर खड्काको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ ।