विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि एक हप्ताका लागि विद्यालय बन्द

३० जेष्ठ २०७५, बुधबार ०६:१०

जेठ ३०, काठमाडौं ।

अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय हिजोदेखि एक साताका लागि बन्द भएका छन् ।

दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

 

चालीस डिग्री भन्दाबढी तापक्रम हुन थालेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

 

गर्मीका कारण सदरमुकाम तौलिहवा र सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ ।