रुपन्देहीको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

३० जेष्ठ २०७५, बुधबार ०४:५४

जेठ ३०, काठमाडौं ।

रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गैडहवा-३ पौवामा लु ३ त २२४० नम्वरको ट्याक्टर गएराति अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय राजकुमार कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ट्याक्टर धनीसमेत हुन् ।

ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका कुर्मीको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा मृत्यु भएको थियो । कुर्मीको शव मेडिकल कलेज भैरहवामा राखिएको छ ।