जेठ २९, काठमाडौं ।
नेपाली कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनित भएकी छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार राष्ट्रियसभा सदस्य प्रसाईलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।
राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे यसअघि नै मनोनित भइसकेका छन् ।
