ट्रम्प किमलाई भेट्न सिंगापुर पुगे

२८ जेष्ठ २०७५, सोमबार ०४:२२

 

जेठ २८, काठमाडौं ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् ।


ट्रम्पलाई पाया लेबर एयर बेसमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् ।

 

दुई नेताबीच भोलि मंगलबार ऐतिहासिक वार्ता हुनेछ । ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ ।

 

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ ।

 

यो वार्ताले अमेरिकासँग नयाँ सम्वन्ध स्थापित हुने विश्वास लिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् ।