जेठ २५, काठमाडौं ।
नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जेठ २ गते २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ परेका वाग्लेसहितका ६ जनाविरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
उनीहरुविरुद्ध मुलुकी ऐनको खोटा चलन महलअन्तर्गत मुद्दा दर्ता गरिएको हो ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्दै वाग्लेसहित ६ जनामाथि १० वर्षको कैद र २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको बिगो दावी गरेको छ ।
अभियोग प्रमाणि भए वाग्लेले १० वर्षको कैद र माग गरिएको विगो बमोजि जरिवाना भर्नुपर्ने छ । काठमाडौं जिल्ला अदालतमा वाग्लेसहितका ६ जनाको बयान आइतवारदेखि शुरु हुने जनाइएको छ ।
