जेठ २५, काठमाडौं । एजेन्सी
रुसमा हत्यासम्बन्धी एक खतरनाक घटना सार्वजनिक भएको छ ।
त्यहाँको घरको बगैंचामा आलु रोप्दै गर्दा अचानक मानव हड्डी भेटिन थाल्यो ।
राजधानी मस्कोभन्दा २२ सय किलोमिटर पर लूजिनो गाउँमा एक महिलाले २१ वर्षपहिले आफ्नो पतिको हत्या गरेर जमीनमा गाडेकी रहिछन् ।
यो खतरनाक घटनाको रहस्य खुलेपछि ६० वर्षीया महिलाले आफ्ना नयाँ पतिलाई भनिन्, ‘चिन्ता नगर, यो मेरो पहिलो पतिको हड्डी हो । ती हड्डीहरूलाई फेरि गाडिदेऊ र बिर्सिदेऊ । हामी प्रहरीलाई बोलाउने छैनौं ।’
महिलाले नयाँ पतिलाई बताएअनुसार, पुराना पतिसँग झगडा भएपछि उनले हत्या गरिदिएकी थिइन् ।
महिलाले पतिहत्या गरेपछि छिमेकीहरूलाई पति काममा गएपछि नफर्केको बताइन् ।
नयाँ पति असाध्यै डराए र प्रहरीलाई घटनाको जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । महिलालाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।
