जेठ २४, काठमाडौं । एजेन्सी
वैज्ञानिकहरूले विकसित गरेको एक नयाँ सूचकांकका अनुसार, स्विडेन र आइसल्यान्ड युरोपका सबभन्दा सुखी देश हुन् ।
कुनै राष्ट्रको सन्तुष्टिलाई जाँच्नका लागि केही मानिसले उत्तर दिएको प्रश्नावलीलाई भन्दा पनि आधिकारिक तथ्यांकलाई आधार बनाइएको छ ।
देशको विकास, स्वतन्त्रता, एक्यबद्धता, न्याय र शान्तिलाई –यांकिङ निर्धारण गर्नका लागि मापन गरिन्छ । मानिसलाई कसरी झन् खुशी बनाउन सकिन्छ भनेर पनि हेरिन्छ ।
यो सूचकांकको परीक्षण गरिएका १३ देशमा आइसल्यान्ड र स्विडेन शीर्ष स्थानमा आए । उनीहरूले सयमा ७६ अंक ल्याए । अस्ट्रिया ७४ अंक ल्याएर तेस्रो स्थानमा रह्यो भने बेलायतले ६९ अंकका साथ चौथो स्थान हासिल ग–यो ।
यसरी देशहरूको विश्लेषण गर्दा राज्यहरूले जनताको खुशीमा सुधार ल्याउनका लागि रणनीति बनाउन सजिलो हुने विज्ञहरू बताउँछन् ।
स्विडेन र आइसल्यान्ड जस्ता नर्डिक मुलुकहरूमा उच्च आय र राम्रो सरकारी सेवा भएकाले उनीहरू संसारमै सबभन्दा सुखी र बस्नलायक स्थानमा गनिन्छन् ।
