फुटबलर जेरार्ड पिके र गायिका साकिराको घरमा चोरी

२४ जेष्ठ २०७५, बिहीबार ०५:४८

जेठ २४, काठमाडौं ।

स्पेनिस फुटबलर जेरार्ड पिके र गायिका साकिराको घरमा चोरी भएको छ ।

बार्सिलोनास्थित उनीहरुको घरबाट घडी र गरगहना चोरी भएको हो ।

 

चोरी भएको समयमा पिके र साकिरा दुबै घरमा थिएनन् तर, अभिभावक भने घरमै थिए ।

 

घटनाबारे प्रहरीले छानविन गरिरहेको छ । तर, अहिलेसम्म चोरीमा संलग्न कोही पक्राउ परेका छैनन् ।