सर्पको डसाइबाट वडा अध्यक्षको मृत्यु, जिल्लामा सर्पको बिगबिगी

२४ जेष्ठ २०७५, बिहीबार ०५:११

जेठ २४, काठमाडौं ।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।

बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो ।

 

उनको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

 

अत्यधिक गर्मी र पानी परिरहेकाले तराई मधेसका जिल्लामा सर्पको बिगबिगी छ ।