जेठ २३, काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलार्इ पक्राउ गरेको छ ।
घूस लिएको अारोपमा अायोगको टोलीले शाखा अधिकृत दासलार्इ पक्राउ गरेको हो ।
अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ ।
शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ। अधिकृत दासलार्इ बर्दिवास ल्याउने तयारी भैरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ ।
दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले जिल्ला अदालत सर्लाहीको अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो ।
