दुई पूर्व सांसदसहित पाँच जनालाई जेल सजाय

२२ जेष्ठ २०७५, मंगलवार ०८:४८

जेठ २२, काठमाडौं । एजेन्सी

चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ ।

चारहप्ते जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन् ।

 

उनीहरुका तीन जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ ।

 

निर्वाचनपछि उनीहरुले केही कामहरु कानुन विपरित गरेको पाइएकाले जेल सजाय गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन् ।

 

कोलुन सिटी अदालतका एक जना न्यायाधिशले सिधै सांसदको स्वाभिमान मास्ने काम गरेकाले ती पाँचै जनालाई जेल सँजाय दिनु परेको बताएका छन् ।